रामेछाप बस दुर्घटना: थप ४ मृतकको पहिचान खुल्यो | Khabarhub Khabarhub

रामेछाप बस दुर्घटना: थप ४ मृतकको पहिचान खुल्यो


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु भएका १३ जनामध्ये थप ४ जनाको पहिचान खुलेको छ ।

आज मंगलवार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएका थप ४ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । यसअघि ९ जनाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ ।

अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घर भएकी ३६ वर्षीया धनमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी घाइते २१ जनामध्ये ७ जनालाई केएमसी अस्पताल र ललितपुरस्थित बिएण्डबी अस्पतालमा रिफर गरिएको छ भने बाँकीको धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यी हुन् दुर्घटनामा परी ज्यान गुमाउने अन्य व्यक्ति:

ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप ।

खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप ।

समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप ।

सुदीप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे ।

बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।

शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।

सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी ।

कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे ।

कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे ।

 

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ०९ बजे

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी

रुकुम पश्चिममा १० हजारभन्दा बढी बिरुवा रोपियो

त्रिवेणी– रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

सिरियाका सशस्त्र बेदुइनहरू एक हप्ता लामो लडाइँपछि ड्रुज बहुल सहरबाट फिर्ता

दमास्कस- सिरियाका सशस्त्र बेदुइन समुदायले आइतबार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम

मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा

चितवन– नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत