ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट « Khabarhub

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै आगामी दिनमा यो सहकार्य अझ विस्तार हुने आशा गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।’ उनले पञ्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्

सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाए । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भने, ‘पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सह्रानीय छ  ।’ आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उनले भने, ‘विद्युत् व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रोतर्फबाट निरन्तर सहयोग हुनेछ ।’ भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : १५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका