माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन  | Khabarhub Khabarhub

माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठक आज १ बजे बस्ने तय भएको थियो ।

अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्षनेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मंगलबार पनि स्थगन भएको थियो । माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम रोकिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ३९ बजे

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम

पराजित पोमू : कोरिया प्रवासमा नेपाली साहित्य चिनाउने एक अग्रज

अप्रिल ३० देखि मे ९ सम्म दक्षिण कोरियामा २६ औँ