अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : नेता खनाल « Khabarhub

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : नेता खनाल


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । यस्ता सवालमा कसैले हेलचेक्र्याइँ गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताए । खनालले उक्त घटनाका विषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको विषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे । उनले अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर विषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरे।

खनालले सबै विषयको उचित समाधान निकाली सदनलाई सहज रुपमा सञ्चालन गर्न दिने वातावरण बनाउनुपर्ने बताए । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : ५८ बजे

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित