युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु « Khabarhub

युक्रेनमा रुसी सेनाको कारवाहीमा ब्राजिलकी मोडल तथा निशानेबाजको मृत्यु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् ।

बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् ।

गत साता युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको जनाइएको छ ।

आक्रमणमा ब्राजिलको पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।

अन्य सैनिकका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ४७ बजे

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति