प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी  « Khabarhub

प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेलको तयारीमा टिम जुटेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनीत फिल्ममा यसपटक केही नयाँ अनुहार भित्रिएका छन् भने पुराना निस्किएका छन् । यसपटक विपिन र नम्रतासँगै फिल्ममा अर्पण थापा थपिएका छन् । निश्चल भने छैनन् । फिल्मलाई सुशील पौडेलले नै लेखेका हुन् । फिल्ममा नम्रता र विपिनले नारायणी र बाबुरामको पात्रमा दम्पतीको भूमिका निर्वाह गर्दैछन् । 

प्रसाद बाबुराम र नारायणीमा केन्द्रित थियो । फिल्ममा यी दुईको सामाजिक, जातीय र आपसी द्वन्द्वलाई समेटिएको थियो । जातीय विभेद र निस्सन्तान हुनुको पीडा भोगेका बाबुराम परियार र  नारायणी कार्की १२ वर्षपछि गाउँ फर्किएपछिको कथालाई सिक्वेलमा देखाइने छ । ‘बाबुराम र नारायणी गाउँ किन फर्किए ? के भोग्लान् ? के गर्लान् ? के होला त ? यी यस्तै जिज्ञासालाई सिक्वेलले मेटाउने छ’ लेखक पौडेलले बताइसकेका छन् । 

‘प्रसाद’ सहरकै सेरोफेरोमा खिचिएको थियो । यद्यपि यसपटक गाउँमा छायांकन हुने भएपछि निर्माण टोलीसँगै बाबुराम र नारायणी अर्थात् विपिन र नम्रता पनि गाउँ पुगेका छन् । उनीहरु बागलुङ र कास्कीका गाउँ-गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफ्नो पात्रलाई जीवन्त बनाउन बाबुराम र नारायणीकै भेषमा उनीहरु गाउँ डुलिरहेका छन् । गाउँमा रहेका बाबुराम र नारायणी हाउभाउ, भेषभूषा र बोलीचालीलाई खाँट्टी बनाउन चाहन्छन् । 

ल्वाङघलेल गाउँमा केही दिन कार्यशाला सकेर फिल्मको छायांकन गर्ने तयारी टिमको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका प्रस्तुतकर्ता शुभाष थापा हुन् भने उनलाई निर्माणमा केशव पाण्डेले सघाउँदैछन् । फिल्मलाई तिहारमा प्रदर्शन गर्ने योजना छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत