सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्छौँ : श्रम मन्त्री कुँवर | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्छौँ : श्रम मन्त्री कुँवर


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताएका हुन् ।

उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताए। उनले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताए। कोषबाट आश्रित परिवार सुविधा र अवकाश सुविधाबापत आर्थिक सहयोग प्राप्त हुने भएकाले यसको महत्त्व धेरै रहेको उनको भनाइ छ ।

कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको छ । कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : ३३ बजे

रोजगारीका लागि चीन जाने बढ्दै 

हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको