सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्छौँ : श्रम मन्त्री कुँवर « Khabarhub

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्छौँ : श्रम मन्त्री कुँवर


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताएका हुन् ।

उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताए। उनले कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्दै लैजाने पनि बताए। कोषबाट आश्रित परिवार सुविधा र अवकाश सुविधाबापत आर्थिक सहयोग प्राप्त हुने भएकाले यसको महत्त्व धेरै रहेको उनको भनाइ छ ।

कोषले आगामी भदौ १ गतेदेखि योगदानकर्तालाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिने समेत तयारी गरेको छ । कोषमा हालसम्म रु १९ अर्ब ६२ करोड योगदान रकम जम्मा भएको बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ३ : ३३ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी