खानेपानी तथा सरसफाइ विधेयक पारित  | Khabarhub Khabarhub

खानेपानी तथा सरसफाइ विधेयक पारित 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । 

उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपूरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : २८ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको