एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका « Khabarhub

एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका लागि अबको कार्यकालपछि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।

विशेष साधारण सभामार्फत सर्वसम्मत विधान संशोधन गर्दै महासंघले अध्यक्ष पदमा चुनावी प्रतिष्पर्धाका लागि मार्गप्रशस्त गरेको हो । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।

हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्ने महासंघले जनाएको छ ।

महासंघ विधान, २०७३ सातौंपटक संशोधन भएसँगै निर्वाचित अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्‍याइएको छ । एकजना वरिष्ठ उपाध्यक्ष रहनेछन् । वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगरतर्फ एक थप गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

महासंघका अनुसार अब कार्यसमितिमा महिला उपाध्यक्ष पनि रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षलाई कार्यकारिणी समितिले चयन गर्नेछ । तर, यसका लागि कार्यकारिणी समितिमा कम्तिमा १२ जना महिला सदस्य हुनुपर्ने व्यवस्था गरिएको महासंघले जानकारी दिएको छ ।

महिला उपाध्यक्षको सभापतित्वमा महिला उद्यमी परिषद पनि महासंघमा गठन हुने व्यवस्था गरिएको छ । महासंघको नेतृत्व तहमा महिला सहभागिता बढाउन जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ महिला सदस्य निर्वाचित हुने गरि आरक्षणको व्यवस्था गरिएको छ ।

महासंघ अन्तर्गतको नेपाल युवा उद्यमी फोरमका अध्यक्ष महासंघ केन्द्रिय कार्यकारिणी समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था पनि नयाँ विधानमा गरिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : ३९ बजे

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन