प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक : विज्ञ | Khabarhub Khabarhub

प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक : विज्ञ


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बढ्दो ऊर्जा उपलब्धता र उपयोग लगायत कारण बढ्दै गएको प्रकाश प्रदूषण नियन्त्रण गर्न बहुआयामिक दृष्टिकोण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्‌ ।

दरबारमार्गस्थित प्याभिलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबले संयुक्त रूपमा आयोजना गरेको ‘प्रगतिको छायाँमा प्रकाश प्रदूषणको प्रभाव’ शीर्षकको अनुसन्धान प्रस्तुति कार्यक्रममा विज्ञ, नीतिनिर्माता र सरोकारवालाहरूले यस्तो आवश्यकता औंल्याएका हुन्‌ । उक्त अनुसन्धान प्रस्तुति आकाश श्रेष्ठले गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रकाश प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रगति र वातावरणीय दिगोपनाबीच सन्तुलन सुनिश्चित गर्दै पर्यावरणका मुद्दालाई सम्बोधन गर्न बहुआयामिक दृष्टिकोण अपनाउन आवश्यक रहेको जनाए ।

प्रकाश प्रदुषणका बहुआयामिक असरहरूबारे प्रकाश पार्दै श्रेष्ठले भने, ‘अनियन्त्रित प्रकाशको प्रयोगका नकारात्मक परिणाम पहिचान गर्न र थप हानीबाट बच्न प्रकाशको प्रयोग कसरी गर्ने भनी क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।’

श्रेष्ठको प्रस्तुतिमा प्रकाश प्रदूषणले पारिस्थितिक प्रणाली, मानव स्वास्थ्य, सुरक्षा, अर्थतन्त्र र सांस्कृतिक सम्पदामा समेत नकारात्मक असर पार्ने हुनाले आधुनिक विकासको नतिजाबारे चिन्ता व्यक्त गरिएको थियो । प्रस्तुतिमा चमक, अतिक्रमण र स्काइग्लो प्रकृतिका प्रकाश प्रदूषणबारे चर्चा भएको थियो ।

असुरक्षित बत्तीहरूले असुविधा उत्पन्न गर्दछ वा दृश्यता कम गरेको अवस्था चमक हो । जब कि अतिक्रमणले नचाहिने ठाउँहरूमा प्रकाश फैलिनुलाई जनाउँछ।

स्काई ग्लोले रातिको समयमा आकाशमा प्रकाश प्रदूषण गराई तारा र अन्य आकाशीय पिण्डहरू हेर्न गाह्रो बनाउँछ। वातावरणीय र स्वास्थ्य चिन्ताहरू बाहेक प्रकाश प्रदूषणले महत्त्वपूर्ण आर्थिक असरहरू पनि गर्दछ । अनुसन्धानका अनुसार; कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म बाहिरी प्रकाश खेर जाने गरेको छ ।

नेपालमा यस्तो ऊर्जा अदक्षताका कारण वार्षिक ४२ गिगावाट घण्टा विद्युत् खेर जाने गरेको र देशलाई करोडौं रुपैयाँ नोक्सान हुने गरेको अनुसन्धाता श्रेष्ठले बताए । उनका अनुसार; यस्तो प्रकाश प्रदूषणमा विद्युत खर्च गर्दा बढी महसुल तिर्नु्पर्ने, अनावश्यक कार्बन उत्सर्जन बढ्ने र विद्युत प्रदायकहरू लोड व्यवस्थापन गर्न दबाब पर्छ ।

पर्यावरण विशेषज्ञ डा. विन्दुनाथ लोहनीले विकसित देशहरूले कसरी शहरी, पारिस्थितिक र सांस्कृतिक क्षेत्रमा अनावश्यक प्रकाश न्यूनीकरण गर्ने अभ्यास अपनाउन थालेका छन् भन्नेबारे उल्लेख गरे । भविष्यका परियोजनाहरूका वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमै प्रकाश प्रदूषण न्यूनीकरण मामिला समावेश गर्न उनको सुझाव थियो ।

सांसद विराजभक्त श्रेष्ठले अहिलेको ‘उच्च प्रदूषण र कम नतिजा’लाई उल्ट्याउनेगरी ‘कम प्रदूषण र उच्च नतिजा’ तर्फ केन्द्रित हुनुपर्ने बताए । प्रकाश प्रदूषणलाई प्रभावकारी ढङ्गले सम्बोधन गर्न स्थानीय तहमा अनुसन्धानमा आधारित सचेतना अभियान र छलफल गर्नतर्फ उनको जोड रह्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले प्रकाश प्रदूषण मामिलाले पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने आशावादी दृष्टिकोण राखे ।

‘तारा अवलोकनलाई नेपालको पर्यटनमा एउटा अनुपम पक्षको रूपमा प्रवर्द्धन गर्न सकिन्छ र यसले हाम्रो पारिस्थितिक तथा साहसिक पर्यटन प्रस्तावमा खगोलीय आयाम थप्न सक्छ,’ जोशीले भने ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश  भट्टराईले प्रकाश प्रदूषण विरुद्ध लड्न दिगो र पर्यावरणमैत्री समाधानका रूपमा सचेतना अभियान र खगोल पर्यटन प्रवर्द्धन गर्ने विचारलाई समर्थन गरे ।

वक्ताहरूले नेपालले बाहिरी प्रकाश रोक्न मापदण्ड तोक्ने, प्रकाश प्रदूषणबारे ईआईमै समावेश गर्ने र अभियानहरूमार्फत जनचेतना जगाउने जस्ता रणनीतिहरू अपनाउन सक्ने धारणा राखे।

प्रमुख अनुसन्धाता आकाश श्रेष्ठले प्रकाश प्रदूषण विकासको अपरिहार्य परिणाम हुन नहुनेमा जोड दिए  ‘विकास र प्रकाशको सुझबुझपूर्ण प्रयोगमार्फत समुदायहरूले विकास र वातावरणीय पक्षमा सन्तुलन कायम गर्न सक्छन्,’ उनले भने, ‘हामीले अब यसतर्फ ध्यानपूर्वक काम गर्नुपर्छ ।’

कार्यक्रममा शिक्षाविद्, वातावरणविद्, नीति निर्माता लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : ३१ बजे

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

काठमाडौं– रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो

हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे

काठमाडौं– हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक

सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री प्रति नेप्सेको चासो 

काठमाडौ– सामाजिक सञ्जालमा शेयर बजार सम्बन्धी भ्रामक सामाग्री आएकोमा नेपाल

विद्यालाई रोक्न एमालेको हरसम्भव प्रयास, विराटनगरको कार्यक्रममा नजान जारी गरियो उर्दी

विराटनगर– पूर्उराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन