स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गरेका छन् । 

मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून, नीति, नियमको अधीनमा रही सम्पादन गर्नेगरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली को परिच्छेद २ को नियम ५ को उपनियम ९१० बमोजिम राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका हुन्  । 

मन्त्री खापुङले राज्यमन्त्री केसीलाई मन्त्रालय वा अन्तर्गत निकाय वा सोअन्तर्गत रहेका परिषद्, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजनालगायतका सम्पूर्ण कामको अनुगमन तथा समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पर्नेरगर्ने, विशिष्टीकृत अस्पतालको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने कामको अधिकार प्रत्यायोजन गरेका छन् । 

यस्तै विशिष्टीकृत अस्पतालको न्यूनतम सेवा मापदण्डसम्बन्धी विस्तृत योजना तर्जुमा आवश्यक समन्वय र सोको कार्यान्वयनको अनुगमन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका छन्  । 

मन्त्री खापुङले आवश्यक ठानी पेश गर्न लगाएका काम र राज्यमन्त्री केसी आफूले देखेका विषय पनि पेश गर्न अधिकार प्रत्यायोजन गरेका छन् । खापुङ यसअघि स्वास्थ्यराज्यमन्त्री  रहेका थिए । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : १६ बजे

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न