जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको सुझाव « Khabarhub

जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको सुझाव


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिएका हुन् ।

“नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्”, उनले भने, “पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ ।”

अभिमुखीकरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, कांग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, कांग्रेस नेता भोजराज अर्याल, कांग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारी गैरे, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, कांग्रेस जिल्ला उपसभापति केदार काफ्लेलगायतले स्थानीय सरकार जनतासँग प्रत्यक्ष ठोकिने र जनताको नजिकको सरकार भएकाले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ८ : ४१ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले