जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै « Khabarhub

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ ।  जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो । 

सहरी विकास तथा भवन विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले १० करोड २८ लाख लगानीमा बसपार्क निर्माण काम अघि बढाएको छ । बसपार्क निर्माण मार्फत ऐतिहासिक एवं धार्मिक पर्यटकीय गन्तव्य जनकपुरधामलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको छ ।  जनकपुरमा हाल आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत दैनिक हजारौँको संख्यामा यात्रु आवतजावत गर्दै आएका छन् ।

बसपार्कको सहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । मन्त्री चौधरीले सम्झौता बमोजिम १५ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्न निर्देशन दिए । 

बसपार्क परिसरमा बस पार्किङ स्थलसँगै सार्वजनिक शौचालय, टिकट काउण्टर तथा चमेना गृह, तीन वटा प्रतीक्षालय, २५ वटा कार तथा ५० मोटरसाइकल अस्थायी पार्किङ, १२५ स्थायी पार्किङ क्षेत्र, १.५ मिटर चौडाइ र २२०० मिटर लामो फुटपाथ, आरसीसी पार्किङ क्षेत्र, आगमन प्रस्थानका लागि अस्फाल्ट सडक पहिलो चरणमा निर्माण हुनेछ ।

जनकपुरधाम-२३ मा रहेका ४ बिघा जग्गामा बसपार्क निर्माण हुनेछ । आयोजनाले बसपार्क निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ११ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी