सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन | Khabarhub Khabarhub

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई निष्कासन गरेको हो ।

आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ५८ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको