नीताले हरिहरसँग कसिन् लगनगाँठो « Khabarhub

नीताले हरिहरसँग कसिन् लगनगाँठो


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरेका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूको काठमाडौंको एक होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन । 

विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन् । नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगञ्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । उनीहरूको राम्रो चिनजान महोत्सवमा नृत्य गर्न रिहल्सल गर्नु पर्ने भएपछि भएको हो । सँगै वीरगञ्ज पुगेर फर्किएपछि उनीहरु बीचमा सामिप्यता झनै बढेको थियो । 

दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरूले विवाहको लगन जुराएका थिए । बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’ बाट अभिनयमा डेब्यु गरेका थिए ।

तस्बिर- टौवा इभेन्ट्स

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ०४ बजे

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ