एमाले केन्द्रीय विभागको बैठक सुरु, ओलीले सम्बोधन गर्ने « Khabarhub

एमाले केन्द्रीय विभागको बैठक सुरु, ओलीले सम्बोधन गर्ने


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखिरहेका छन् ।

चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् ।

महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ३५ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं