अवैध लागूऔषधसहित तीन जना पक्राउ  « Khabarhub

अवैध लागूऔषधसहित तीन जना पक्राउ 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको झापा गाउँपालिका–३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३ रुईमारी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका–४ बस्ने ३२ वर्षीय मनोज गणेश रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरूले प्रयोग गरेको प्र–१–०१–९१३ प ८३४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने ३२ वर्षीय केशव तामाङलाई करिब १ किलो १२० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।    

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : १७ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा