बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध « Khabarhub

बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । 

बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो । मध्यवर्ती युवा बाख्रा पालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए ।

‘प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तर्गत उपलब्ध भएको अनुदानको रु १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ’, उनले भने, ‘अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।’

बाख्रा पालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । अनुदान रकमसँगै बाख्रा पालनमा संलग्न ३४ किसानलाई दुई दिने तालिमसमेत दिइएको छ । 

नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रा पालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु १५ लाख रकम उपलब्ध गराइएको थियो ।

गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पुर्‍याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताए । अनुदान रकम परिचालन गरिएका बाख्राको बिमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ४४ बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक