राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवरोध | Khabarhub Khabarhub

राप्रपाका नेता तथा कार्यकर्ता धर्ना दिन जाँदा प्रशासनको अवरोध


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–  भ्रष्टाचार र महँगी नियन्त्रणको माग गर्दै धर्ना दिन गएको राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय प्रांगण प्रवेशमा रोक लगाइएको छ । भ्रष्टाचार, महँगीमूल्यवृद्धिविरुद्ध शुक्रबार धर्ना दिन गएको राप्रपाको टोलीलाई जिल्ला प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्न रोक लगाइएको हो । 

 धर्नाका लागि मूल गेटबाट प्रवेश गर्न खोज्दा प्रहरीले मालपोत कार्यालयतर्फको गेटबाट पस्न लगाएको, तर मालपोततर्फको गेटमा पनि ताला लगाएर छेकेको राप्रपाका अध्यक्ष ललितकुमार राईले बताए । दिउँसो १ बजेपछि राप्रपाको नेता तथा कार्यकर्ता नारा जुलुससहित धर्ना दिन प्रशासनतर्फ गएको थियो । तर, प्रशासनभित्र प्रवेश गर्ने दुबै गेटमा ताला लगाइएको थियो ।

गेटमा ताला लागेकाबेला कतिपय सेवाग्राही अलमलमा परिरहेका देखिएका थिए । अन्य ठूला दललाई प्रशासनभित्र प्रवेश गर्न दिइएकामा राप्रपालाई हेप्ने काम भएको अध्यक्ष राईले बताए । 

राप्रपाले भ्रष्टाचार र महंगी नियन्त्रण गर्न, किसानलाई मल र बिउ समयमा उपलब्ध गराउन, स्थानीय तहमा लगाइएको दोहोरो कर फिर्ता गर्न, प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्रीको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य सामग्री समयमै उपलब्ध गराउन, अतिक्रमित भूमि फिर्ता गर्न, महिला हिंसा अन्त्य गर्न, श्रमिकको उचित ज्याला निर्धारण गर्न लगायतका माग गर्दैआएको छ । 

कृषकलाई मल र बिउ उपलब्ध गराउन माग गर्दै राप्रपाले गत १७ जेठमा राँके जुलुस प्रर्दशन गरेको थियो । यस्तै, १३ असारमा कृषि ज्ञान केन्द्रमा धर्ना दिनुका साथै बजारमा जुलुस निकालेको राप्रपाले जनाएको छ । पार्टीकातर्फबाट सरकारसमक्ष पेस गरेका २२ बुँदे माग पूरा गर्नुपर्ने अध्यक्ष राईले बताए । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ३६ बजे

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन