‘टक डर्टी’ सँग मिल्दोजुल्दो रहेको ‘पछ्यौरी’ लाई आरोप  « Khabarhub

‘टक डर्टी’ सँग मिल्दोजुल्दो रहेको ‘पछ्यौरी’ लाई आरोप 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता गायिका इन्दिरा जोशी चर्चामा छिन् । उनले प्रेमी शरद केडियासँग विवाह गरेपछि चुलिएको चर्चा केही न केही माध्यमले भइरहेका नै छन् । विवाह बन्धनमा बाँधिए लगत्तै उनले म्युजिक भिडियो सार्वजनिक गरिन् ।

आफ्नै शब्द , संगीत र स्वर रहेको गीतको भिडियोमा उनी नै फिचर्ड छिन् । उनले एक कार्यक्रमको आयोजना गर्दै नै भिडियो सार्वजनिक गरिन् । यद्यपि पछिल्लो समय यहीँ गीतको कारण उनले आलोचना खेपिरहेकी छिन् । 

उनको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ । अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’ सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको हो । गीतको भिडियोको परिकल्पना पनि ‘टक डर्टी’ बाटै प्रभावित देखिन्छ । सामाजिक सञ्जालमा इन्दिराको गीतलाई लिएर टिकाटिप्पणी बढे पनि आफ्नो सिर्जनामाथि लागेको आरोपको औपचारिक प्रतिक्रिया उनले जनाइसकेकी छैनन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : २० बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा