२२ बुँदे ज्ञापनपत्र सम्बोधनको मागसहित राप्रपाको देशव्यापी प्रदर्शन « Khabarhub

२२ बुँदे ज्ञापनपत्र सम्बोधनको मागसहित राप्रपाको देशव्यापी प्रदर्शन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।
आफ्नो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा १३ असारदेखि आन्दोलनमा उत्रिएको छ  । राप्रपाले १३ असारमा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो । 

आफ्नो माग सम्बोधन गर्न राप्रपाले १७ असार साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरेको छ । १९ असारमा राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सोही कार्यक्रमको निरन्तरता स्वरूप शुक्रबार भ्रष्टाचार नियन्त्रणको मागसहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।  राप्रपाको विद्यार्थी संगठनले २७ असारमा देशभर सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई  र ३१ असारमा महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : २३ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय