कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु | Khabarhub Khabarhub

कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउद रहेका छन् । 

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो । 

उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।

परिवारका अन्य सदस्यहरूलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ४१ बजे

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल