पाकिस्तानमा इन्धनमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन « Khabarhub

पाकिस्तानमा इन्धनमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा इन्धनमा मूल्यवृद्धिको विरोधमा स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

इन्धनमा मूल्यवृद्धिले समग्र दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने र निम्नस्तरमा रहेका गरिब जनताको जीवन अझ कठिन हुने भन्दै प्रदर्शनको आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले मूल्यवृद्धि तत्काल फिर्ता नलिए आन्दोलनलाई अझ चर्काउने समेत चेतावनी दिएका छन् । विश्वव्यापी रुपमा इन्धनमा मूल्यवृद्धि भएसँगै पाकिस्तानमा पनि हाल पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।

पूर्वी युरोपको युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको बताइन्छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : २९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले