राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपलमाथि यौन दुर्व्यवहारको आरोप « Khabarhub

राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपलमाथि यौन दुर्व्यवहारको आरोप


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ –पूर्वी लमजुङको राईनास नगरपालिकास्थित एक प्राविधिक शिक्षालयका प्रमुखले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ ।राईनास–८, कुसुन्डे चौरस्थित राईनास बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल ईश्वरी देवकोटाले सोही शिक्षालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको हो ।

करिब दुई वर्ष अघि सो शिक्षालयमा आबद्ध प्रिन्सिपल देवकोटाले विगत लामो समयदेखि विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरे पनि सो विषय हालसालै मात्र बाहिर सार्वजनिक भएको हो ।

प्रिन्सिपल देवकोटाले अध्ययनरत छात्राहरूलाई फेसबुक म्यासेन्जर प्रयोग गरी अनावश्यक कुरा गर्ने, भेटिएको बेला छात्राहरूको संवेदनशील अङ्गमा छुने छाम्ने जस्ता क्रियाकलाप गरेको पीडित छात्राको आरोप छ । उनले शिक्षालयको छात्रावासमा बस्ने विद्यार्थी र बाहिर बस्ने विद्यार्थीलाई पनि सोही प्रकारको व्यवहार गर्दै आएको पीडित विद्यार्थीको गुनासो छ ।

रातिको समयमा छात्रा होस्टेलमा जाने, खाना पकाउनु भन्ने, छात्राहरूको कोठामा सुत्ने प्रयास गर्ने जस्ता क्रियाकलाप हुन थालेपछि पीडित विद्यार्थीले हारगुहार माग्न थालेका हुन् ।

प्रिन्सिपल देवकोटाले रातिको समयमा छात्रालाई फोन गर्ने, तिम्रो कोठामा आउँछु भन्ने गरेको एक पीडित विद्यार्थीले बताइन् ।  पीडित विद्यार्थीका अनुसार सुरु सुरुमा बुबा समानको सर मानेर कुरा गर्ने गरे पनि पछिल्लो समय प्रिन्सिपलको नियत खराब बुझिएपछि कुरा गर्न तथा भेटेको बेला पनि बोल्न छोडेको उनले बताइन् ।

पछिल्लो समय एक विद्यार्थीले आफूलाई परेको समस्या बारे साथी र अन्य शिक्षक शिक्षिकालाई सुनाएपछि अन्य विद्यार्थीले पनि आफूलाई प्रिन्सिपलले त्यस्तै दुःख दिने गरेका बताएका हुन् । पीडित विद्यार्थीहरूले न्याय माग्न खोज्दा उल्टै प्रिन्सिपलले तिमीहरूको भविष्य मेरो हातमा छ भन्दै धम्की दिएको पीडित विद्यार्थीको भनाई छ ।

शिक्षालयमा प्रिन्सिपलको यौन दुर्व्यवहारबाट पीडित मध्ये अधिकांश छात्राहरू अन्य जिल्लाका रहेका छन् । विशेष गरी कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट प्राविधिक शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आफू पढ्ने विद्यालयको प्रिन्सिपलबाटै पीडित भए पनि अभिभावक विहीन हुँदा खुलेर न्याय माग्न नसकेको गुनासो गरेका छन् ।

घटना सार्वजनिक भए पनि सो विषयमा सम्बन्धित निकायमा भने कुनै उजुरी परेको छैन । घटनाको विषयमा सम्बन्धित व्यक्तिबाट उजुरी नआएसम्म कुनै काम कारबाही गर्न नसकिने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको भनाई छ ।

आरोपित प्रिन्सिपल देवकोटाले भने आफूलाई नियोजित रूपमा फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन् । पछिल्लो समय घटनाको विषयमा जिल्लाका मानवअधिकारकर्मीहरूले चासो दिएको बुझिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : १३ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट