शिन्जो आबेको सुरक्षामा त्रुटि थियो : जापान प्रहरी  « Khabarhub

शिन्जो आबेको सुरक्षामा त्रुटि थियो : जापान प्रहरी 


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन । ’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ । माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदैछ ।

आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ । उनको हत्याले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ । आबे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व थिए।

शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ३५ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को