लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन « Khabarhub

लमजुङका ३८ कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ३८ किसानलाई क्षेत्रफलको आधारमा तरकारी उत्पादन प्रोत्साहन सहयोग गरेको छ । खुला तथा नियन्त्रित रूपमा व्यावसायिक तरकारी खेती गरिरहेका कृषि फार्म तथा समूहलाई नगद १ लाख ८ हजारदेखि ६ हजारसम्म प्रोत्साहन सहयोग गरिएको हो । 

सम्मानित हुनेहरूमा बेँसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्व्होलासोथर गाउँपालिकाका गरी ३८ जना रहेका छन् । ज्ञान केन्द्रका अनुसार केन्द्रले तोकेको मापदण्ड पुरा गरेका कृषकलाई सम्मान गरिएको हो ।

केन्द्रका अर्थविज्ञ मदन रेग्मीका अनुसार कृषकले कम्तीमा खुलामा दुई रोपनी क्षेत्रफलमा र नियन्त्रितमा २ सय वर्गमिटरमा व्यावसायिक खेती गरेको हुनु पर्ने प्रावधान रहेको छ । ज्ञान केन्द्रले तोकेको मापदण्ड पुरा गरी मर्स्याङ्दी गाउँपालिका ९ को भलामचौर मिर्चे नमुना कृषि फार्म सबैभन्दा बढी क्षेत्रफलमा खेती गरी प्रथम भएको छ । सो फार्मलाई एक लाख आठ हजार रुपैयाँ नगद प्रोत्साहन पाएको छ ।

त्यसै दोस्रो हुन सफल मध्यनेपाल नगरपालिका ५ स्थित जंगल कृषि फार्मलाई नगद ५२ हजार नौ सय रुपैयाँ र तेस्रो हुन सफल क्व्होलासोथर गाउँपालिकाका अस्मिता कृषि फार्मलाई नगद ३० हजार प्रोत्साहन रकम प्रदान गरी सम्मान गरेको कृषि प्रसार अधिकृत किरण सापकोटाले बताए । 

आइतबार कृषि ज्ञान केन्द्रको सभाहलमा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले कृषि उत्पादन बढाउनुको साथै बजारीकरणमा सहयोग गर्न पालिकाहरूलाई आफूले समन्वय गर्ने बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले लमजुङको हावापानीले यहाँ व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताए । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले कृषिमा व्यवसायिकरण गर्नका लागि प्रविधि, यान्त्रीकरण, सिञ्चाईसहितका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए । 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : १० बजे

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसर : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी,