तनहुँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय बालक मृत फेला | Khabarhub Khabarhub

तनहुँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय बालक मृत फेला


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन् ।

आज तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

उनले भने, “हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो ।”

जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : २८ बजे

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका

चाडमा झडपबाट हुँदा १७ जनाको मृत्यु

एजेन्सी– चाडको माईयो-कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला