कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको हो ।

यो प्रस्ताव आजको बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ ।

अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ४२ बजे

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको

संसद् विघटन फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

काठमाडौं– आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर