श्रीलङ्काका प्रदर्शनकारीले भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौँ’ « Khabarhub

श्रीलङ्काका प्रदर्शनकारीले भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौँ’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नगरेसम्म सरकारी सरकारी निवासमा कब्जा जारी राख्ने श्रीलङ्काका प्रदर्शनकारीहरूले बताएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् ।

तर राष्ट्रपति आफैँ देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलङ्काको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो सङ्घर्ष  सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी सङ्घर्ष छोड्ने छैनौँ ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ५२ बजे

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो

आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत !

काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ