पल र आँचलको जोडी छुटेको हो ? « Khabarhub

पल र आँचलको जोडी छुटेको हो ?


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाह फिल्ममा खासै जम्न सकेका छैनन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘वीर विक्रम २’ व्यावसायिक रुपमा पूर्ण असफल रह्यो । यो फिल्ममा पलको पनि शीर्ष भूमिका थियो । यस्तै फिल्ममा नाजिर हुसेन र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका थियो ।

पल अभिनित फिल्म ‘हृदयभरि’ प्रदर्शन हुन बाँकी छ । योबाहेक पलसँग अरू कुनै फिल्म छैनन् । बरु उनी फाटफुट म्युजिक भिडियोमा देखिन भने छोडेका छैनन् ।

पल शाहको नाम सधैजसो आँचल शर्मासँग जोडिएर आउने गर्थ्यो । छोटो समयमा नै चर्चामा रहेकी आँचल पल शाहकै कारण चर्चित भएको भन्ने गसिप पनि चल्थे । संयोग त के छ भने आँचल शर्मा अभिनित फिल्म ‘दाल भात तरकारी’ पनि खासै सफल रहेन । व्यापारका हिसाबले भने यो फिल्मले ठीकै व्यापार गरेको निर्माताको दाबी छ ।

एकसाथ नाम जोडिएर आउने पल र आँचल पछिल्लो समय भने छुट्टाछुट्टै रुपमा देखिन थालेका छन् । मिडियामा सधै नाम जोडिएर आउन थालेपछि यी दुई छुट्टिएर काम गरेको भन्ने खासखुस पनि चल्छ । पछिल्लो समय बरु पललाई ‘वीर विक्रम २’ को पर्दामा देखिएकी वर्षा शिवाकोटीसँग देखिन्छ । आँचल भने खासै मिडियामा देखिएकी छैनिन् ।

पल र आँचल एकसाथ सार्वजनिक हुन कम गरेपछि मिडियामा भने यी दुईको ब्रेकअप भएको चर्चा चल्न थालेको छ । शुरुमा आँचलले पललाई दाइसमानको मान्ने गरेको बताए पनि पछि भने उनले पलप्रति केही लचकता देखाउन थालेकी थिइन् ।

अहिले भने यी दुई एकसाथ देखिएका छैनन् । फेरि सिने बजारमा हल्ला चल्न थालेको छ, पल र आँचलको ब्रेकअप भएछ । वास्तविकतामा यी दुईबीच कस्तो सम्बन्ध छ, त्यो उनीहरुलाई नै थाहा होला, तर पल र आँचलको नाम जोडिएर फ्यानले सम्बोधन गर्न भने छोडेका छैनन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ०९ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक