‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्’ « Khabarhub

‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद् नवराज सिलवालले नेपालका शासकहरु पनि श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमा विशेष समय लिएर उनले यस्तो चेतावनी दिएका हुन्। मुलुकको वर्तमान आर्थिक अवस्था खतराको डिलमा रहेको बेलाप्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई हतियार किन्न रकमान्तर गरेको सुचना बाहिरिएको भन्दै उनले कमिसनको खेल भएको आरोप लगाए।

अहिलेको पाँच दलीय गठबन्धनको सरकार पनि श्रीलंकाकै बाटोमा हिडेँको उनको विश्लेषण‍ छ । सुडान घोटालाको स्मरण गर्दै उनले भने, ‘नेपाल प्रहरीलाई हतियार आवश्यक नभए पनि बिचौलियाहरूले फाइल खडा गरेर राजनीतिक नेतृत्वसँग सेटि‍ङ गरेर भ्रष्टाचार हुन्छ।’ नेपाल प्रहरीलाई अहिले हतियार होइन प्रविधि चाहिएको छ।’ उनले अघि भने।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ३२ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको