देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न : भ्रातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन ? | Khabarhub Khabarhub

देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न : भ्रातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन ?


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन ?’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

कोइराला पक्षका विद्यार्थी, नेता कार्यकर्ताको प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी अधिवेशन सकिएको ६ महिनाभित्र सबै केन्द्रीय विभाग, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर अहिलेसम्म सभापति देउवाले दुवै काम पूरा गरेका छैनन् ।

हालै बसेको कोइराला पक्षका नेताहरूको भेलाले  सभापति देउवाले भ्रातृ संगठन गर्दा स्वेच्छाचारी ढङ्गले अघि बढेको निष्कर्ष निकाल्दै कार्यशैली सुधार गर्न दबाब दिने निर्णय गरेको थियो । सोही आधारमा सोमबार सानेपामा प्रदर्शन भएको हो ।

अहिलेसम्म नेविसंघ, तरूण दल, नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृ संस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप लागेको छ । कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०२ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ