संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : डा. कोइराला « Khabarhub

संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्छ : डा. कोइराला


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् ।

‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने कांग्रेस अहिले विगतकोभन्दा बढी निरंकुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ,’ कोइरालाले भने, ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रह्यो, यो विधेयक फिर्ता लिनुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए । तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : १२ बजे

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति

इन्धनको मूल्यवृद्धिको मारमा सुदूरपश्चिमका ठूला आयोजना, काम रोकिने अवस्थामा

महेन्द्रनगर– पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको