बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी    « Khabarhub

 बजेट संशोधनको प्रतिबद्धता नआएसम्म छलफलमै नबस्ने सत्तारुढ दलकै चेतावनी   


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सूदुरपश्चिम सरकारले ल्याएको बजेट अपारदर्शी, असन्तुलित र बजेटको सामान्य सिद्धान्तलाई समेत नसमेटेको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध गरेका छन् । बजेटलाई संशोधन नगरेसम्म संसदमा छलफल नै अघि नबढाउने उनीहरूको चेतावनी छ ।

सत्तारुढ दलका सांसद एवं सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले एकतर्फी रूपमा बजेट ल्याएको आरोप लगाए । उनका साथै सामाजिक राज्यमन्त्री टेकबहादुर रौकाले पनि बजेट सुधार नगरी छलफल अघि नबढ्ने बताएका छन् ।

सरकारमा सामेल नेकपा माओवादी केन्द्रबाहेक सत्तारुढ कांग्रेस र नेकपा एकीकृत समाजवादीले समेत बजेटको विरोध गर्दै आएका छन् ।

बजेटमाथि छलफल गर्ने गरी आज बिहान ८ बजेका लागि संसद् बेलाइएको थियो । तर, सत्तारुढ दलहरूबीचकै असमझदारीका कारण स्थगित भएको छ । अहिले ३ बजेका लागि फेरी संसद् बोलाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ४६ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ