‘हाम्रो क्षेत्रमा प्रेमहरू असफल हुँदैनन्’ « Khabarhub

‘हाम्रो क्षेत्रमा प्रेमहरू असफल हुँदैनन्’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पार्टीमा पुगेका नायक पुष्प खड्काले नीतासँग आफूले सुरुवाती समयमा भिडियोमा काम गरेको सम्झिए। ‘सुरुवाती समयमा भिडियो गर्दा नीताले मलाइ गाइड गर्नु भएको थियो । उहाँले सपोर्ट गर्नु भयो । उहाँ विवाह बन्धनमा बाधिनु भएको छ, शुभकामना’ पुष्पले भने । उनले नीता र हरिहरको प्रेम विवाहमा परिणत भएकोमा खुसी लागेको बताउँदै फिल्म नगरीमा सबै प्रेम असफल हुँदैनन् भन्ने उदाहरण बनेको बताए ।

‘फिल्म नगरीका प्रेम सबै असफल हुँदैनन् भन्ने उदाहरण नीता र हरिहर बन्नु भएको छ । किनकि हाम्रो क्षेत्रको स-साना कुराले पनि राम्रै चर्चा पाउने गर्छ’ उनले भने । पुष्पले आफ्नो प्रेम परेमा त्यसले विवाहको स्वरूप लिने पनि बताए ।

नीता र हरिहरको बिहे पार्टीमा अभिनेता राजेश हमाल, नायिका निशा अधिकारी, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी, विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ०७ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व