इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त  | Khabarhub Khabarhub

इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

उनले इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरूलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय, भियनाको लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : १३ बजे

बालेनलाई शंकर पोखरेलको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन् भन्नेमा ध्यान गएन

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं महानगर पालिका

उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात

मुस्ताङ – उपल्लो मुस्ताङको उच्च लेकमा आज बिहानदेखि हिमपात भएको

सरकारले फागुन २२ गतेभित्र अध्यादेश निर्णयार्थ पेश गर्ने

काठमाडौं – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको