गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित  « Khabarhub

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा सांसद कृष्णभक्त पोखरेलले गणपूरक संख्या रहे नरहेको यकिन गर्न माग गरेका थिए । तत्पश्चात् तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेको पुष्टि भएपछि बैठक स्थगित गरिएको हा।

कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने प्रावधान छ । एक चौथाइ ६९ सदस्यीय उपस्थित हुनुपर्नेमा ६१ जना सदस्य बैठकमा रहेपछि २९ असार बुधबार बस्ने गरी बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै