अनेरास्ववियूको अनौठो शैलीको विरोध प्रदर्शन « Khabarhub

अनेरास्ववियूको अनौठो शैलीको विरोध प्रदर्शन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाँडेपछि चौतर्फी आलोचना भइरहेको छ । यही क्रममा एमाले निकट अनेरास्ववियूले सोमबार पोखरामा अनौठो विरोध प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रस्टलाई सहयोग गर्ने भन्दै व्यङ्ग्यात्मक रूपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले पोखरा ७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ । मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रस्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आबद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएको हो । विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ४५ बजे

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको

अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग 

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा

अल्टिमेटमपछि सुकुम्वासी आक्रोशित, विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्ने (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएको सुकुम्वासीहरूलाई भोलि १२