सशस्त्र प्रहरीद्वारा लागू औषधसहित एक जना पक्राउ  « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागू औषधसहित एक जना पक्राउ 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ इनरुवाबाट असार २७ गते सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेट ९ सय वटा र कोरेक्स दुई बोतलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार जिल्ला पूर्वी चम्पारण मौजी ग्राम पञ्चायत घर बताउने जानु गुप्ता छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो ।

पक्राउ परेका निज गुप्तालाई बरामद लागू औषधसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ३८ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा