हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ « Khabarhub

हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका–१४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : १४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा