जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान | Khabarhub Khabarhub

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बौद्धमा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् ।

काठमाडौँ महानगरपालिका¬–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई आज जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने रु १० लाख धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ५० बजे

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।