कर्णाली प्रदेशको बजेट बहुमतले पारित | Khabarhub Khabarhub

कर्णाली प्रदेशको बजेट बहुमतले पारित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए ।

“अहिलेसम्म सङ्घीय सरकारका चारवटा अनुदान प्राप्त बजेटबाट खर्च गरिरहेका छौँ,” उनले भने, “हामीले एक अर्ब राजश्व सङ्कलन गर्न सकेका छैनौँ र यसको आकार पनि सानो छ ।”

राजश्व सङ्कलनका क्षेत्र पहिचान गर्न र वित्तीय अनुशासन कायम गरी कर्णालीको दिगो अर्थतन्त्रमा सहयोग पु¥याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिए ।

उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिए । उनले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाए ।

मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो । प्रदेश सरकारले आगामी आव २०७९/०८० का लागि यही असार १ गते रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ०६ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा