एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज बिहान लिउ नेतृत्वको प्रतिनिधिमण्डल ओली निवास बालकोट पुगेर भेटवार्ता गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।

भेटमा दुई देशको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीबीचको मित्रता लगायतका बारेमा छलफल भएको बताइएको छ।

लिउले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग दिउँसो १ बजे भेट्ने कार्यक्रम छ।

लिउले भोलि राष्ट्रपति भण्डारीसँग भेट गर्ने तालिका छ ।

चार दिने भ्रमणका लागि नेपाल आएका लिउले पहिलो दिन आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए।

दोस्रो दिन उनले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।

उनी भोलि स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ४५ बजे

२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु, २८ घाइते

काठमाडौं – विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै