सामुदायिक विद्यालयलाई पोखरा महानगरले दियो बस « Khabarhub

सामुदायिक विद्यालयलाई पोखरा महानगरले दियो बस


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ ।

लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कुल बसको चाबी हस्तान्तरण गरिएको हो । सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस खरिद गरिएको हो ।

एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगर शिक्षा महाशाखाले जनाएको छ । उक्त बसमा चालकबाहेक ४० सिट क्षमता छ । बसको चाबी हस्तान्तरणपछि मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्ने गरी गुणस्तरमा सुधार ल्याउने बताए । पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्दै आएको तथ्यांक छ।

मेयर आचार्यले पोखरामा साना विद्यार्थीलाई बोर्डिङको नाममा घण्टौँसम्म बसमा चढाएर विद्यालय पुर्‍याउने गरिएको भन्दै त्यसरी राम्रो सिकाई नहुने बताए । विद्यार्थीलाई सामुदायिक विद्यालयमै रुचि बढाउने कार्यक्रम महानगरले ल्याउने र त्यसका लागि विज्ञसँग छलफल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १५ बजे

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म ३ महिना निःशुल्क बस सेवा

काठमाडौं– पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने

रबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली

झापा– मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७

सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने 

काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा