सामुदायिक विद्यालयलाई पोखरा महानगरले दियो बस | Khabarhub Khabarhub

सामुदायिक विद्यालयलाई पोखरा महानगरले दियो बस


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ ।

लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कुल बसको चाबी हस्तान्तरण गरिएको हो । सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरको तर्फबाट त्यति नै लगानीमा बस खरिद गरिएको हो ।

एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चार वटा स्कुल बस ल्याइएको महानगर शिक्षा महाशाखाले जनाएको छ । उक्त बसमा चालकबाहेक ४० सिट क्षमता छ । बसको चाबी हस्तान्तरणपछि मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्ने गरी गुणस्तरमा सुधार ल्याउने बताए । पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्दै आएको तथ्यांक छ।

मेयर आचार्यले पोखरामा साना विद्यार्थीलाई बोर्डिङको नाममा घण्टौँसम्म बसमा चढाएर विद्यालय पुर्‍याउने गरिएको भन्दै त्यसरी राम्रो सिकाई नहुने बताए । विद्यार्थीलाई सामुदायिक विद्यालयमै रुचि बढाउने कार्यक्रम महानगरले ल्याउने र त्यसका लागि विज्ञसँग छलफल गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १५ बजे

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली

पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा रोक्नेसहित एमालेका आठ निष्कर्ष यस्ता छन् 

काठमाडौं– नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य

बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव…

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला र नेपाल

पर्यटकको आकर्षण बन्दै चौरीखर्क

बागलुङ– रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने