देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु  « Khabarhub

देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कपिलवस्तु, धनुषा, रूपन्देही र बारामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ डेरवा बस्ने २५ वर्षीया बिन्दा बासी पासीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा बिद्युत्को तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–४ सरंचियाकुट्टीस्थित रामजानकी काठ मिलमा काम गर्ने भारत घर भएका ४५ वर्षीय अरुण ठाकुरको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । 

रूपन्देहीको सियारी गाउँपालिका–६ मदनगंज बस्ने ४५ वर्षीय सर्वजित् लोहारको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरको पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

बाराको महागढीमाई नगरपालिका–२ ईनर्वा टोल बस्ने ६५ वर्षीय राम आशिष राउत कुर्मीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : १३ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर