कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा : पहिलो नम्बरमा सभापति, १२० औँमा क्रियाशील सदस्य (सूचीसहित) « Khabarhub

कांग्रेसको प्रस्तावित वरीयता मस्यौदा : पहिलो नम्बरमा सभापति, १२० औँमा क्रियाशील सदस्य (सूचीसहित)


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् ।

वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् ।

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२० औँमा क्रियाशील सदस्य र १२१ औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ ।

वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।

उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन् ।

 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : ३० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै