भाषा, साहित्य र संस्कृति राष्ट्रको सम्पत्ति हो : प्रदेश प्रमुख खापुङ्ग « Khabarhub

भाषा, साहित्य र संस्कृति राष्ट्रको सम्पत्ति हो : प्रदेश प्रमुख खापुङ्ग


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भाषा, साहित्य, संस्कृति राष्ट्रको सम्पत्ति  भएको बताएका छन् । भानु कला केन्द्र विराटनगरद्वारा आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्म जयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन तथा श्रष्टा सम्मान एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले भने, “बहुभाषिक, बहु संस्कृतिको विविधतामा एकता रहेको छ, यसले लोकतन्त्रलाई बलियो बनाउन, शान्ति स्थापना, सार्वभौमिक अखण्डता कायम गर्न मद्दत पुगेको छ ।” उनले भाषा, संस्कृति हाम्रो पहिचानसहितको बहुमूल्य निधि भएकाले यसलाई संरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिए। प्रदेश प्रमुख खापुङ्गले सम्पूर्ण भाषाभाषिले राष्ट्रिय एकता कायम राखी मुलुकको विकासमा सहभागी हुन आग्रह गरे।

कला केन्द्रकी अध्यक्ष मायादेवी पौडेल, प्रचण्ड पौडेल, समालोचक दधिराज सुवेदी र सम्मानित डा घनश्याम न्यौपाने परिश्रमीले भाषा संस्कृतिको विकासले मुलुकको सम्पन्नता झल्किने धारणा राखे । सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले भानु पदकबाट डा घनश्याम न्यौपाने परिश्रमी, डा विजय पण्डित र सरला चापागाईँ, भानु पत्रकारिताबाट मोहन मानन्धर, चतुर्भुज आशावादी सम्मानबाट मातृका प्रसाद सङ्ग्रौला र मिलनसिंह मधुर रामकिशोर उपाध्यायलाई पदक एवं प्रमाणपत्रद्वारा सम्मान गरे।

कार्यक्रममा राई, ताजपुरिया, तामाङ, उर्दु मगर, मैथली, राजवंशी, भोजपुरी, नेपाल र लिम्बू भाषामा कवि तथा कवयित्रीहरूले कविचा वाचन गर्नुका साथै केन्द्रका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ०७ बजे

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी