प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे « Khabarhub

प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका छोपेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

हवलदार धामीले पार्किङमा राखेको मोटरसाइकलको दुवै पाङ्ग्राको हावा खोलेर नराम्ररी दुःख दिएको बृजमान तामाङले बताए ।

उनले भने, ‘सानो कामले कार्यालय गएको थिए । पश्चिमतर्फ नो पार्किङ लेखेको बोर्ड देखेर सडकको पूर्व भागमा मोटरसाइकल पार्किङ गरी भित्र गए । तर १० मिनेटपछि काम सकेर बाहिरिँदा मोटरसाइकलको दुवै टायर पन्चर भएको थियो । पन्चर कसरी भयो भनी खोजी गर्दा प्रहरी हवलदार धामीले मैले हावा खोले केही भन्नु छ भन्दै ठूलो स्वरले कराएर थर्काउन थाले ।’

पार्किङमा राखेको अन्य गाडिलाई केही नगरी आफ्नो प्रेस लेखेको गाडीमा मात्र हावा खोलेको उनले बताए । हावा किन खोलेको भन्दै सोध्दा हवलदार धामीले एसपीको आदेशले हावा खेलेको उत्तर दिएको तामाङको आरोप छ ।

पत्रकार तामाङले दुवै पाङ्ग्राको हावा नभएको मोटरसाइकल लिएर डेढ किलोमिटरको बाटो पुगेर हावा लगाउन खोज्दा दुवै टायर काम नलाग्ने भएपछि लिकुड फेर्नु परेको तामाङले दुखेसो पोखे ।

यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले तोकिएको पार्किङमा राखेको मोटरसाइकलको हावा खोल्ने हवलदार धामीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई घटनाबारे बुझ्ने बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ५७ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको