प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे | Khabarhub Khabarhub

प्रहरी हवल्दारले मालपोत कार्यालयका सेवाग्राहीको मोटरसाइकलको हावा खोल्दै दुर्व्यवहार गरे


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् ।

भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राही कामका लागि कार्यालयभित्र पसेको मौका छोपेर हवलदार धामीले पार्किङ गरेर छोडेको मोटरसाइकलको हावा खेलेर दुःख दिने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।

हवलदार धामीले पार्किङमा राखेको मोटरसाइकलको दुवै पाङ्ग्राको हावा खोलेर नराम्ररी दुःख दिएको बृजमान तामाङले बताए ।

उनले भने, ‘सानो कामले कार्यालय गएको थिए । पश्चिमतर्फ नो पार्किङ लेखेको बोर्ड देखेर सडकको पूर्व भागमा मोटरसाइकल पार्किङ गरी भित्र गए । तर १० मिनेटपछि काम सकेर बाहिरिँदा मोटरसाइकलको दुवै टायर पन्चर भएको थियो । पन्चर कसरी भयो भनी खोजी गर्दा प्रहरी हवलदार धामीले मैले हावा खोले केही भन्नु छ भन्दै ठूलो स्वरले कराएर थर्काउन थाले ।’

पार्किङमा राखेको अन्य गाडिलाई केही नगरी आफ्नो प्रेस लेखेको गाडीमा मात्र हावा खोलेको उनले बताए । हावा किन खोलेको भन्दै सोध्दा हवलदार धामीले एसपीको आदेशले हावा खेलेको उत्तर दिएको तामाङको आरोप छ ।

पत्रकार तामाङले दुवै पाङ्ग्राको हावा नभएको मोटरसाइकल लिएर डेढ किलोमिटरको बाटो पुगेर हावा लगाउन खोज्दा दुवै टायर काम नलाग्ने भएपछि लिकुड फेर्नु परेको तामाङले दुखेसो पोखे ।

यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले तोकिएको पार्किङमा राखेको मोटरसाइकलको हावा खोल्ने हवलदार धामीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई घटनाबारे बुझ्ने बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ५७ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी