भारतको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने « Khabarhub

भारतको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने भएको छ ।

प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

भारतमा आगामी जुलाई १८ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भइसकेको छ ।

विद्रोही र सङ्घर्षपूर्ण जीवन बिताएका र महिलालाई राष्ट्रपति बनाउने अवसर भएकाले द्रौपदीलाई समर्थन गर्ने निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि आफूहरूले महिला उम्मेदवारलाई नै समर्थन गरेको उनीहरूको भनाइ छ ।

राष्ट्रपतिका उम्मेदवारहरू मध्ये मुर्मूलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै मतान्तर नरहेको र सर्वसम्मत निर्णय भएको नेताहरूले जानकारी दिएका छन् ।

मुम्बईमा मङ्गलबार भएको बैठकमा शिव सेनाका सबै सांसदहरुले समेत मुर्मूलाई नै समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना