भारतको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने « Khabarhub

भारतको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले मुर्मूलाई सघाउने


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा शिव सेनाले राष्ट्रपतिकी उम्मेदवार द्रौपदी मुर्मूलाई सघाउने भएको छ ।

प्रभावशाली राजनीतिज्ञ उद्धव ठाकरेले नेतृत्व गरेको पार्टीले भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

भारतमा आगामी जुलाई १८ मा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भइसकेको छ ।

विद्रोही र सङ्घर्षपूर्ण जीवन बिताएका र महिलालाई राष्ट्रपति बनाउने अवसर भएकाले द्रौपदीलाई समर्थन गर्ने निर्णय भएको नेताहरूले जानकारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि आफूहरूले महिला उम्मेदवारलाई नै समर्थन गरेको उनीहरूको भनाइ छ ।

राष्ट्रपतिका उम्मेदवारहरू मध्ये मुर्मूलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै मतान्तर नरहेको र सर्वसम्मत निर्णय भएको नेताहरूले जानकारी दिएका छन् ।

मुम्बईमा मङ्गलबार भएको बैठकमा शिव सेनाका सबै सांसदहरुले समेत मुर्मूलाई नै समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ५१ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको