केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ « Khabarhub

केटी साथीलाई आँखा लगाएको भन्दै छुरा प्रहार, आरोपी पक्राउ


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

असार २५ मा राति थलीस्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर–८ घर भई थली बस्ने २७ वर्षीय दीपेश शाक्य छन् ।

प्रारम्भिक अनुसन्धानमा केटी साथीलाई राजनले आँखा लगाएको विषयमा विवाद हुँदा दीपेशले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट राजनको पेटमा चोट लागेको र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ११ : १७ बजे

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी